आकर्षक ‘केकी’को चर्चा र बयान

Keki Adhikariकाठमाडौं । चलचित्रमा भन्दा मोडलिङमा रुचाईएकी केकी अधिकारीको चर्चा चुलिएको छ । होँचो कदकी केकीद्वारा अभिनित चलचित्र भन्दा उनका म्युजिक भिडियोले खुब चर्चा पाउने गरेका छन् ।
यद्यपि, यतिबेला केकीको चर्चा ‘महशुस’ चलचित्रका कारण भएको छ । केकीले ‘महशुसमा गरेको अभिनयले पनि निर्माण पक्ष खुसी छ । ‘महशुस’ प्रदर्शनका क्रममा छ ।
केकीको अर्को चलचित्र ‘बितेका पल’ पनि पुसमा रिलिजको तयारीमा छन् । केकीले ‘बितेका पल’बाट सफलता पाउनेमा आशावादी रहेको बताउँछिन् ।
दर्जनौं म्युजिक भिडियो खेलेकी केकी अझै पनि सोही क्षेत्रमा उनको धेरै माग छ । म्युजिक भिडियोबाट नाम र दाम राम्रै कमाउन सफल केहीलाई चलचित्र धेरै नफापेको समीक्षकहरुको बुझाई छ ।

प्रतिक्रिया