नदीमा डुबेर एकको मृत्यू/ २ जना बेपत्ता

बर्दिया, १६ भदौ । बर्दियामा बबई नदीमा डुबेर १ जनाको मृत्यू भएको छ भने २ जना बेपत्ता भएका छन् ।
गुलरिया नगरपालिका–२ स्थित बबई नदीको बैरियाघाटमा कृष्णअष्टमीको फूलपाति विर्सजन गर्न आएका बेला शनिबार गुलरिया नगरपालिका–४, निमकोठियाका सुरज रैदासको डुबेर मृत्यू भएको हो ।
सुरजसहित रामप्रसाद रैदास र लछीराम रैदासलाई नदीले बगाएको थियो । नदीमा बेपत्ता भएका दुई जनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सप्तरीको वनौली–२ निवासी ६ वर्षीय एक बालकको शनिवार डुवेर मृत्यू भएको छ । मृत्यू हुनेमा शोमलाल साहका छोरा जितेन्द्रकुमार साह रहेका छन् ।
ईटहरी विष्णुपुर–२ स्थित लक्ष्मी साहको घरमा पाहुँना आएका बेला नजिकैको पोखरीमा डुवेर जितेन्द्रको मृत्यू भएको थियो ।

प्रतिक्रिया