भैरहवाका ४ ट्राभल्स एण्ड टुरमा छापा

भैरहवा । अबैध रुपमा सञ्चालित चारवटा टुर एण्ड ट्राभल्स एजेन्सीहरुलाई जिल्ला अनुगमन समिति रुपन्देहीले शिलबन्दी गरिदिएको छ ।
शुक्रबार भैरहवामा भएको बजार अनुगमनका क्रममा मापदण्ड विपरित रहेका चारवटा ट्राभल्स कारबाहीमा परेका हुन् ।
समितिले नेपाल ट्राभल्स टेलर एण्ड टेक्स प्रा.(लि) नारयणस्थान, वल्र्ड पेसिफिक एशिया ट्राभल्स एण्ड टुर प्रा.(लि) शान्तिनगररोड, मारुती नन्दन ट्राभल्स एण्ड ट्राभल्स प्रा.(लि), देवकोटा चौंक, वीग वल्र्ड समसरा ट्राभल्स एण्ड टुर्स प्रा.(लि) आवारोडलाई अर्को आदेश नहुँदा सम्मका लागि शिलबन्दी गरिदिएको हो ।
सञ्चालनमा रहेका टुर एण्ड ट्राभल्सहरु मध्ये १६ वटा अबैध रहेको समितिको भनाई छ । ५९ वटा मात्रै बैध ट्राभल्स छन् ।

प्रतिक्रिया