‘दश लाख’ राहत अप्रयाप्त भएको गुनासो

भैरहवा, १५ भदौ । सरोकारवालाहरुले सरकारले ल्याएको ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ सम्बन्धि अध्यादेशमा रहेका व्यवस्थाहरुको विरोध गरेका छन् ।
भैरहवामा शुक्रबार आयोजित कार्यक्रममा वेपत्ता पारिएका परिवारका सदस्यहरुले अध्याधेशको मुख्य अंशमा नै अपमानित हुने खालको राखेको भन्दै विरोध गरे ।
रुपन्देही बासगढीकी कमला रिजाल, सूर्यपुराकी राधिका पौडेल, बुटवलकी राधा पौडेल, रुद्रपुरकी दिलमायाँ काउछा, दुधराक्षकी धनकुमारी थारुलगायतले राज्यले विनाकारण आफ्ना पतिलाई वेपत्ता पारेको बताए ।
रुपन्देहीमा १४ जना वेपत्ताका परिवार छन् । अधिकांशको निजी घरजग्गा छैन ।
उनीहरुले सरकारले उपलब्ध गराएको दश लाख राहत पनि पाएका छन् । सो रकम अप्रयाप्त रहेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया