‘होस्टेल’ र ‘बाउन्सर’ रिलिज

Sushma-Karkiकाठमाडौं । ‘फ्राइडे रिलिज’को परम्परा धान्दै आज (शुक्रबार) ‘होस्टल’ र ‘बाउन्सर’ प्रदर्शनमा आएका छन् ।
‘होस्टल’ हेमराज बिसीले निर्देशन गरेका हुन् । ‘बाउन्सर’को निर्देशक समदन घिमिरेले गरेका छन् ।
‘होस्टेल’मा अनमोल केसी, सलोन बस्नेत, रीस्ता बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् । शोभित बस्नेत, भुवन केसी, टीका पहाडीपनि ‘होस्टेल’मा गेष्टका रुपमा अभिनय गरेका छन् ।
त्यस्तै, ‘बाउन्सर’ प्रसान्त गिरीले निर्माण गरेका हुन् । आफू हीरो बन्नका लागि प्रसान्तले लगानी गरेका हुन् । ‘बाउन्सर’मा नायिका सुष्मा कार्कीको आइटम नृत्य छिन् । चलचित्रमा प्रजोल गिरीले पनि अभिनय गरेका छन् ।
रेष्टुरेण्टको रक्षार्थ राखिने ‘बाउन्सर’को कथालाई चलचित्रमा उतारिएको छ ।

प्रतिक्रिया