ज्योति भवनको दोस्रो तल्लामा आगलागी

Jyoti-Bhawan-Aagoकाठमाडौं, १४ भदौं । काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय नजिकै रहेको ज्योति भवनमा आगलागी भएको छ ।
भवनको दोस्रो तल्लामा विद्युत्सर्ट भएर आज (शुक्रबार) विहानै आगलागी भएको हो । दोस्रो तल्लामा रहेको नेपाल बैंक लिमिटेडको कार्यालयमा विद्युत्सर्ट हुँदा आगलागी भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
आगलागीबाट बैंककका अधिकांश कागज पत्र जलेर नष्ट भएका छन् । आगलागीले बैंकसँगै रहेका सीटीकी पोलिक्लिनिक र हीरो होण्डाको शो रुममा सामान्य क्षति पुगेको छ ।
आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झण्डै डेड घण्टामा नियन्त्रणमा लिइएको थियो ।
सुरक्षाकर्मीले दोस्रो तल्लामा रहेका पाँच जना कर्मचारीलाई उद्धार गरेको थियो ।

प्रतिक्रिया