ढुङ्गाले कारमा लाग्दा दुईको मृत्यू

Palpa Districtपाल्पा, १२ भदौ । पाल्पा जिल्लामा माथिबाट खसेको ढुङ्गाले लागेर दुई जनाको मृत्यू भएको छ ।
मदनपोखरा–४ स्थित सिद्धार्थ राजमार्गमा मंगलबार सडक माथिबाट खसेको ढुङ्गाले लाग्दा दुई जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु.१ च ४६०८ नम्वरको कारमा ढुङ्गाले लागेपछि कार करीव ३५ मिटर तल खसेको थियो ।
दुर्घटनामा कार चालक गुल्मी जिल्ला थानपति बस्ने २५ बर्षीय इसक नेपाली र तम्घास–५ का ५५ बर्षीय हरिप्रसाद न्यौपानेको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया