गुणस्तरहीन पानी प्रशोधन उद्योगमा शिल

Bhairahawaभैरहवा, ११ भदौ । जिल्ला अनुगमन समिति रुपन्देहीले गुणस्तरहीन पानी उत्पादनगरी उपभोक्तालाई ठगी गरेको भन्दै दुइवटा पानी प्रशोधन उद्योगमा शिलबन्दी गरिदिएको छ ।
अक्वा रैन ब्रान्डको प्रशोधित खाने पानी उत्पादन गर्ने सिद्धार्थ ड्रिङकिङ वाटर इन्डस्ट्रीज प्रा.(लि), पडसरी र फ्रयाङलीन ब्रान्डको प्रशोधित खाने पानी उत्पादन गर्ने ग्लोबल मल्टीटेक इन्डस्ट्रीज प्रा.(लि) आन्नदवनमा अर्को आदेश नहुँदा सम्मका शिल गरिएको हो ।
उद्योगहरुलाई कुनैपनि पानीजन्य पदार्थ उत्पादन, विक्री वितरणमा रोक लगाएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
पानीमा हुनुपर्ने आवश्यक मापदण्ड नभएकाले विक्री वितरण तथा उत्पादनमा रोक लगाइएको वाणिज्य कार्यलय रुपन्देहीका प्रमुख चेतप्रसाद उप्रेतीले जनाए ।
साउन–११ गते बजारमा विक्रीवितरणमा राखिएका प्रशोधित पानीको शिलबन्दी बोतलहरुमा गुणस्तरहीन भएको गुनासो आएपछि नमूना संकलन गरिएको थियो ।
विभागले साउन–२३ गते देखि भदौ–५ गते सम्म गरेको मापन तथा विश्लेषणका आधारमा अक्वा रैन र फ्रयाङलिन ब्रान्डको प्रशोधित पानीमा पि.एचको मापन कम देखिएको छ ।

प्रतिक्रिया