खापुङ, राणा र कुर्मी कार्यसम्पादन समितिमा

Surya bd Thapaकाठमाडौं, १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले कार्यसम्पादन समितिमा तीनजना सदस्य थप गरेका छन् ।
अध्यक्ष थापाले आज (सोमबार) तीनजना नयाँ सदस्य थप गरेको केन्द्रीय सदस्य एवं प्रचार विभाग सदस्य किरण गिरीले जानकारी दिए ।
पर्शुराम खापुङ, प्रतिभा राणा र गोकुल कुर्मीलाई अध्यक्ष थापाले कार्यसम्पादन समितिमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया