‘बुद्ध चित्र’को मालाका दाना बरामद

Buddhaभक्तपुर, १० भदौ । पाँच वटा बोरा राखेर काठमाडौं ल्याउँदै गरेको ‘बुद्ध चित्र’को दानासहित तीनजनालाई प्रहरीले भक्तपुरमा पक्राउ गरेको छ ।
‘बुद्ध चित्र’ अर्थात बौद्धधर्मालम्बीहरुले जप्ने मालाका दाना तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा बा.२ च ७४१९ नम्वरको गाडीबाट ‘बुद्ध चित्र’ फेला परेको जनाएको छ ।
पाँच बोरा तस्करीको ‘बुद्ध चित्र’ सहित प्रहरीले ४७ वर्षीय विकास लामा र उनका दुई साथीलाई पक्राउ गरेको हो ।
लामाको स्थायी घर काभ्रे जिल्लाको ठूलोपर्सेल–८ मा पर्छ । उनी काठमाडौंको स्वयम्भुमा बस्दै आएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति सूर्यविनायक चोकमा पक्राउ गरेको हो । (फाईल तस्विर)

प्रतिक्रिया