दोलखामा भैरवकुमारीको जात्रा

Kumari-Bhairab-Ko-Jatraदोलखा, ९ भदौ । ऐतिहाँसिक शहर दोलखामा भैरवकुमारीको जात्रा शुरु भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात शनिबारदेखि जात्रा शुरु हुने परम्परा छ ।
परम्परागत सो जात्रा ५ दिनसम्म चल्ने छ । भैरवकुमारी जात्रामा कालो पोशाक, भैरवको मुकुण्डो, गरगहना, रातो पोशाकमा सजिएका व्यक्तिहरु नाच्ने गर्छन् ।
टसिचा, गुर्कोट, कोर्छे, दुङ्गल, पिङ्गल, नक्छे लगायतका टोलमा भैरव कुमारीलाई परिक्रमा गराउनुका साथै नाँच्ने गरिन्छ ।
धार्मिक किम्वदन्ती अनुसार परापूर्वकालमा दैवी शक्ति भएकी कुमारीलाई देवीकोट नजिकैको बालकुमारीमा ल्याएर राखिएको थियो । कुमारीले मानव संहार गरेको थाहा पाएपछि तान्त्रिक विधि अनुसार एउटा खाल्डो खनेर उनलाई नष्ट गर्न खोज्दा वर्षमा ५ दिन बाहिर निस्कन पाउनु पर्ने माग राखेको किम्वदन्ती छ ।
उनलाई भैरवको साथमा मात्रै निस्कन पाउने र मानव संहार गर्न नपाउने शर्तमा खाल्डोमा राखिएको थियो ।
त्यसै बेलादेखि दोलखा बजारमा साउन शुक्ल द्वितीयाको रातदेखि लगातार ५ दिनसम्म भैरव कुमारी जात्रा निकाल्न शुरु गरिएको भनाई छ ।

प्रतिक्रिया