टीभीएसको नयाँ मोटरसाईकल बजारमा

Tvs  Moter Cycleकाठमाडौं । भारतीयमा निर्माण भउको टीभीएस मोटरसाईकलको नयाँ मोडल फोइनिक्स–१२५ नेपाली बजारमा भित्रिएको छ ।
टीभीएसका लागि नेपालको अधिकृत विक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी अटोमोबाइल्सले नयाँ मोटरसाईकल स्थानीय बजारमा भित्र्याएको हो । कम्पनीले विहीबार पत्रकार सम्मेलन गरेर मोटरसाईकलका बारेमा विस्तृत जानकारी गराएको छ ।

१ सय २५ सीसीको मोटरसाइकल मध्यम वर्गलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाई छ । आधुनिक ढाँचाको फोइनिक्स इन्धन मितब्ययी रहेको र झण्डै ६७ किलोमिटर बराबर माइलेज रहेको कम्पनीको दाबी छ ।

सन् २०१५ सम्ममा यो मोटरसाईकलले नेपाली बजारमा प्रभूत्व जमाउने सीजी अटोमोबाइल्स्का कार्यकारी निर्देशक करन चौधरीले दाबी गरे । मोटरसाइकलको स्थानीय बजार मूल्य १ लाख ७० हजार रुपियाँ तोकिएको छ ।

प्रतिक्रिया