रुकुमको जंगलमा भरुवा बन्दुक

रुकुम, ६ भदौं । रुकुम जिल्लामा प्रहरीले जंगलमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय क्वाङ्गबाट खटिएको गस्ती टोलीले आज (बिहीबार) विहान क्वाङ्ग–१ स्थित बाजधारा जंगलबाट एक थान भरुवा बन्दुक बराम गरेको जनाएको छ ।
सो स्थानमा प्रहरीले ५० ग्राम बारुद पनि फेला पारेको छ । हतियारका विषयमा अनुसन्धान शुरु गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया