शान्ता चौधरीलाई ‘नक्षत्र’ पुरस्कार

Shanta-Chaudharyबेलायत । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले पूर्व सभासद् शान्ता चौधरीलाई प्रथम अन्तर्राष्ट्रिय नेपाली वाङ्मय ‘नक्षत्र’ पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ ।
कमलरी आन्दोलनकी अगुवा चौधरीलाई ‘कम्लरीदेखि सभासद्सम्म’ पुस्तकका लागि सो पुरस्कार दिने निर्णय गरिएको हो । १ सय ४८ औं मोती जयन्तीका अवसरमा बेलायतको लन्डनस्थित विल्विचमा पुरस्कार घोषणा गरिएको थियो ।
पुरस्कारको राशी पचास हजार रूपिया छ । साहित्य प्रेमी हरि केसीले पिता बमबहादुर केसीका नाममा बीस हजार राशीको पुरस्कार समेत घोषणा गरे ।
वाङ्मय डायस्पोरा पुरस्कार त्रि.वि.वि. शिक्षा संङ्काय अन्तर्गत नेपाली डायस्पोरा साहित्यमा शोध गर्नेहरू मध्ये उत्कृष्ट दुई जना विद्यार्थीलाई वार्षिक १५–१५ हजार पुरस्कार स्थापना गरी, मुना गौतम र महेन्द्र न्यौपानेलाई २०० औं भानुजयन्तीका अवसरममा गत जुलाई ९ मा पहिलो डायस्पोरा पुस्कार प्रदान गरिसकेको छ ।

प्रतिक्रिया