कटुवा पेस्तोलसहित यादव पक्राउ

Pestol-Revolvarराजविराज, ५ भदौ । जिल्ला प्रहरी कार्यालय सप्तरीले हतियारसहित एक यूवकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार राति बसवलपुर–६ निवासी वर्ष २२ का अरुण यादवलाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
स्थानीय प्रमोद यादवको घरमा चोरी गर्न गएका उनलाई पक्राउ गरी कुटपिट भएको थियो । कुटपिटबाट प्रमोद गम्भीर घाईते भएका छन् ।
कुटपिटका कारण घाईते यादवको युनिक अस्पताल रायपुरमा उपचार भईरहेको छ ।
पक्राउ परेका प्रमोदलाई खानतलासी गर्ने क्रममा हतियार फेला परेको प्रहरी भनाई छ ।

प्रतिक्रिया