मतदाता नामावली संकलन हुन्छ : यादव

Ayodhiprashad-Yadavकाठमाडौं, ३० साउन । निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले फोटोसहितको नामावली संकलनका लागि चौतर्फी माग भएका कारण एकपटकका लागि नाम संकलन गरिने जनाएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा यादवले निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुको नाम पुन: दर्ता गर्ने बताए ।
उनले म्याद थपबारे छलफल भईरहेको र छिट्टै निश्कर्षमा पुगेर छुटेका मतदाताहरुको नामावली दर्ता गरिने बताए ।
उनले निर्वाचन आयोगको आचारसंहिता विपरितका गतिविधि गर्ने जो कोहिलाई कार्वाहीको दायरामा ल्याउने उल्लेख गरे । उनले निर्वाचन विरोधी गतिविधि नगर्न आग्रह पनि गरे ।

प्रतिक्रिया