वैदेशिक सहायता व्यवस्थापनमा चुनौती

Shankar-Koiralaकाठमाडौं, ३० साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वैदेशिक सहायताको सुव्यवस्थापन र सदुपयोग अहिलेको चुनौती भएको बताएका छन् ।
उनले वैदेशिक सहायताका नकारात्मक प्रभावलाई न्यूनिकरण गरी आवश्यकताको दाँजोमा न्यून रहेको साधन, ज्ञान र प्रविधिको आपूर्ति गर्नुपर्ने बताए ।
प्रस्तावित वैदेशिक सहायता नीति सम्बन्धमा अर्थ मन्त्रालयमा आज (बुधबार) विभिन्न मन्त्रालयका सचिवसँगको अन्तरक्रियामा कोइरालाले अझै केही वर्षसम्म वैदेशिक सहायताको उच्चतम उपयोग गर्नुपर्ने बताए ।
प्रस्तावित वैदेशिक नीति राष्ट्रिय आवश्यकता, विगतका अनुभव र अन्तर्राष्ट्रिय प्रतिवद्धताबीच सामञ्जस्य गरी सहायता परिचालनका दृष्टिकोण, सिद्धान्त, उद्देश्य, प्राथमिकता सहित नयाँ वैदेशिक सहायता नीति प्रस्ताव गरिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया