ऐश्वर्या, माधुरी र सोनाक्षी छैनन् : सञ्जय

Aishwarya-Raiमुम्बई । सञ्जय लीला भन्सालीले आफ्नो फिल्म ‘राम लीला’मा ऐश्वर्या रायलाई आइटम गीत दिने कुनै योजना नबनाएको बताएका छन् ।
‘फिल्ममेकर’ सञ्जयले ऐश्वर्यालाई आफ्नो फिल्ममा आइटम डान्समा राख्ने विषयमा कुनै सहमति भई नसकेको बताए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ऐश्वर्या आइटम डान्स मार्फत फिल्ममा प्रवेश गर्न लागेको समाचार आइरहेका बेला सञ्जयले खण्डन गरेका हुन् । ऐश्वर्याले सञ्जयका साथ ‘देवदास’ र ‘गुजारिश’ फिल्म बनाएका थिए ।
‘पहिला सोनाक्षी सिन्हालाई लिएर आइटम गीतको भ्रम फैलाईएको थियो,’ सञ्जयले भनेका छन्, ‘फेरि माधुरी दीक्षित र अब ऐश्वर्या रायको नाम जोडेर अनर्गल समाचार प्रकाशित भएका छन् ।’ उनले सबै हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
उता, ऐश्वर्याले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । अहिले ऐश्वर्याले आफ्नी छोरी आराध्यालाई हुर्काउनै ध्यान दिने गरेकी छन् ।
यद्यपि, ऐश्वर्याले नयाँ फिल्मका पटकथा पनि हेर्न शुरु गरेकी छन् । हिमेश रेशमियाले बनाउन लागेको ‘मासूम’को रिमेकमा भने ऐश्वर्याले ईच्छा जनाएको बताईएको छ । १९८३ मा निर्मित ‘मासूम’को कथाप्रति ऐश्वर्या आकर्षित भएको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ ।

प्रतिक्रिया