सफलता पाउने थोरै नायिकामा दीपिका

Deepika Padukonsमुम्बई । सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’बाट आफ्नो फिल्मी करियर शुरु गरेकी नायिका दीपिका पादुकोणले सुरुवाती दिनदेखिनै सफलता हात पारेकी छन् ।
पछिल्लो समय दीपिकाको ‘रेस–२’, ‘ये जवानी है दीवानी’ र हाल आएर ‘चेन्नई एक्सप्रेस’ले बक्स आफिसमा सबै रेकर्ड ब्रेक गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बलीउड नायिकामा दीपिकालाई पनि स्टार नायिकाका रुपमा लिन थालिएको छ ।
‘अहिले यो मेरो समय हो,’ एक प्रश्नको जवाफ दिँदै दीपिकाले भनिन्, ‘सबैलाई अहिले मेरो समय आएको लाग्छ भने त्यो कुरा सहि हो ।’
दीपिकाले आफ्नो दिन चम्केर आएको आफूलाई पनि लाग्ने गरेको बताईन् । नायिका दीपिकाले आफ्नो काम ज्यादा लगनका साथ गर्ने गरेको बताईन् ।
‘मलाई थाहा छ,’ दीपिकाले भनिन्, ‘मेरो निजी र पारिवारिक सहयोगका कारण पनि म सफल भएकी हुँ ।’ उनले आफ्ना लागि परिवारले धेरै बलिदान गरेको बताईन् ।
राम्रो काम गरे पछि अन्त्यमा राम्रो परिणाम आउँछ भने त्यसलाई अन्यथा लिन नहुँने उनको भनाई छ ।
दीपिकाले हालै प्रदर्शनमा रहेको फिल्म ‘चेन्नई एक्सप्रेस’मा नायक शाहरुख खानसँग खेलेकी छन् । शाहरुखसँगै दीपिकाले ‘ओम शान्ति ओम’मा काम गरेकी थिईन् ।
‘जति सफल भईन्छ । त्यसलाई बचाउन त्यति नै मुस्किल हुन्छ,’ दीपिकाले भनेकी छन् ।
दीपिका सीमित सफल नायिकामा पर्छिन् । जो मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गर्छन् ।
‘चेन्नई एक्सप्रेस’मा नायिका बनाएकोमा शाहरुखलाई दीपिकाले धन्यावाद दिएकी छन् । अहिले पनि शाहरुखले पहिला जस्तै ख्याल राख्ने गरेको दीपिकाको भनाई छ ।

प्रतिक्रिया