बहिनी भेट्न जाँदा बगाएर मृत्यू

Rolpaरोल्पा, २८ साउन । रोल्पा जिल्लामा सिवाङ्ग खोलाले बगाउँदा दाङ घर भएका एक व्यक्तिको मृत्यू भएको छ ।
हापुरे–४ निवासी ५९ बर्षीय मोहन घर्तीलाई सिवाङ्ग खोला तर्ने क्रममा शनिबार बेलुका बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
नुवागाउँ–९ बाट जुगार–१, धैरेनी भन्ने स्थानमा बहिनीको घरमा जाँदै गर्दा घर्तीलाई खोलाले बगाएको हो । घर्तीको शव खोलाको किनारमा फेला परेको थियो ।

प्रतिक्रिया