हड्ताल, बन्द र आन्दोलन विकासको बाधक

Ramsharan Mahatकाठमाडौं । पूर्व अर्थमन्त्री रामशरण महतले आर्थिक समृद्धिको बाधक हड्ताल र आन्दोलन भएको बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा महतले बन्द हड्ताल र आन्दोलनले बिकास र आर्थिक उन्नतीमा नेपाललाई पछाडि धकेलेको बताए ।
यूवा नेतृत्वहरुलाई बन्द, हड्ताल र आन्दोलन छाडेर आर्थिक छलफल र बहसमा जुट्न आग्रह गर्दै उनले यूवाको सक्रियताले मात्रै देश समृद्ध हुने बताए ।
राजनीतिलाई आर्थिक उन्नतीमा परिणत गर्न सकेमा नेपाल विश्वकै धनी राष्ट्रका रुपमा अघि बढ्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया