युवाहरु सक्रिय हुनुपर्छ : थापा

Kamal-Thapaकाठमाडौं, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा पार्टीका लागि युवा खेलाडीहरुको महत्वपूर्ण योगदान रहनु पर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको खेलकुद विभागद्वारा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राष्ट्रियताको भावना बोकेका खेलाडीहरुले राप्रपा नेपालको एजेन्डालाई गाउँगाउँमा पुर्‍याउनु पर्ने बताए । उनले खेलकुदमा राजनीतिक हस्तक्षेप बढेको बताए ।
सहअध्यक्ष पद्मसुन्दर लावतीले मुलुक अहिले गम्भीर र जटिल अवस्थामा पुगेको बताए । उनले युवाहरुको अझ सक्रियताको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया