चलचित्र शुटिङ गर्न टोली मलेशियामा

Rahadaniकाठमाडौं । चलचित्र ‘राहदानी’को बाँकी छायाँकन गर्ने भन्दै निर्देशक र कलाकारहरुको टोली मलेशिया पुगेको छ ।
टोली शनिबार बेलुका मलेशिया पुगेको हो । ‘राहदानी’को १५ प्रतिशत छायाँकन मलेशियामा गर्नु पर्ने कथामा रहेको निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।
क्वालालामपुर, रावाङ्ग, बाङतिङको मोरिक बिच, जोहोर, पेनाङ, मलक्कालगायतका स्थानमा चलचित्र ‘राहदानी’ को छायाँकन शुरु भईसकेको छ ।
निर्देशक क्षत्रीका साथै नायकद्वय दयाहाङ् राई, अशोक रिजाल, छायाँकार रामशरण उप्रेती, सह–निर्देशक शुलभ ढकाललगायतको टोली मलेशियामा छ ।

प्रतिक्रिया