भुवन नलकटुवा पेस्तोल सहित पक्राउ

सिराहा, २६ साउन । सिराहा जिल्लामा प्रहरीले भुवन यादवलाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
बिष्णुपुर–४ बस्ने २४ बर्षीय यादवलाई शुक्रबार राति नलकटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । यादवलाई चेकजांच गर्दा नलकटुवा पेस्तोल बरामद भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया