मतदाता नामावली दर्ता खोल्छौं : ठाकुर

धनगढी, २५ साउन । निर्वाचन आयुक्त रामभक्त पीवी ठाकुरले मतदाता नामावलीमा फोटोसहितको नामदर्ता गर्न छुटेकाहरुलाई चाँडै दर्ताको अवसर दिईने बताएका छन् ।
धनगढीमा आज (शुक्रबार) पत्रकारसँग कुरा गर्दै आयुक्त ठाकुरले ७५ वटै जिल्लामा नामावली संकलनका लागि तयारी भईरहेको बताए ।
‘राजनीतिक दलका नेता र केही मतदाताहरु फोटो सहितको मतदाता नामावलीमा नामदर्ता गर्न छुटेका छन्,’ ठाकुरले भने, ‘एकपटक छुटेकाहरुलाई नामदर्ता गराउन ७५ जिल्लामा नामदर्ता संकलन खोल्ने तयारी भएको छ ।’
उनले आयोगको अपेक्षा भन्दा कम मतदाताले मात्रै नामदर्ता गरेको उल्लेख गरे ।

प्रतिक्रिया