खोजखबर

गाई काट्ने थामी र तामाङ पक्राउ

सौर्य अनलाइन २०७० साउन २४ गते ८:३७ मा प्रकाशित

Beef-Meatदोलखा, २४ साउन । दोलखा जिल्लामा गाई काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भीमेश्वर नगरपालिका–१, ढुङेसाँगुबाट मासुसहित दुई जनालाई बुधबार बेलुका पक्राउ गरेको जनाएको छ ।
गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा आलम्पु–१ का ४५ बर्षीय बलबहादुर थामी र भीमेश्वर नगरपालिका–१० का दिलबहादुर तमाङलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
थामी र तामाङले आफैले खानका लागि गाई काटेर मासु भाग लगाएको प्रारम्भीक बयान प्रहरी समक्ष दिएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय