संगीतकार चेक ठगीको मुद्दा खेप्दै

Srawan-Musicanमुम्बई । बलीउडका चर्चित संगीतकार श्रवणलाई चेक बाउन्सको आरोपमा तल्लो अदालतले जमानतमा रिहा गरिदिएको छ ।
चेक बाउन्सको करीब पाँच बर्ष पुरानो मुद्दामा संगीतकार श्रवणलाई बुधबार भारतीय एकअदालतले जमानतमा रिहा गरी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
श्रवणका वकील अंशुमान श्रीवास्तवका अनुसार प्रथम श्रेणी न्यायिक मजिस्ट्रेट अजय पेन्दामले २० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले संगीतकार श्रवण विरुद्ध १४ जूनमा गैर जमानती वारेण्ट जारी गरेको थियो । उच्च न्यायालय इन्दौर पीठमा याचिका दायर गरेर श्रवणले वारेण्टलाई चुनौती दिएका थिए ।
श्रवणले इन्दौरका व्यापारी विनीत शर्मालाई २००८ मा १५ लाख रुपियाँको चेक दिएका थिए । सो चेक पछि बाउन्स भएको थियो । त्यस पछि व्यापारी विनीतले श्रवण विरुद्ध अदालतको ढोका ढक्ढकाएका थिए ।

प्रतिक्रिया