कैलालीमा अहेबको लडेर मृत्यू

kailaliकैलाली, २१ साउन । कैलाली जिल्लामा स्वास्थ्य चौकीका अहेव चेतराज भट्ट आफ्नै घरको ढोका खोल्ने क्रममा लडेर मृत्यू भएको छ ।
धनगढी नगरपालिका–५, तारानगर बस्ने भट्टको आज (सोमबार) विहान आफ्नै घरमा लडेर बेहोस हुँदा मृत्यू भएको प्रहरीले जनाएको छ ।
३५ वर्षीय भट्ट डोटी जिल्ला पञ्चौली स्वास्थ्य चौकीमा कार्यरत थिए । उनको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो ।

प्रतिक्रिया