अनितालाई ‘जोय पपाया सन ग्ल्याम हण्ट २०१३’

Sundari-2070-ktmकाठमाडौं । भारतीय श्रृंगार कम्पनी ‘जोय पपाया सन’को ‘जोय पपाया सन ग्ल्याम हण्ट–२०१३’ को उपाधि नायिका तथा मोडल अनिता आचार्यले जितेकी छन् ।
राजधानीमा सम्पन्न प्रतियोगितामा ‘वेष्ट स्माइल’ र ‘भ्युअर च्वाईस’ को अवार्ड पनि अनिताले जितेकी छन् । उपाधिसँगै अनिता कम्पनीका लागि ‘ब्राण्ड एम्बासेडर’ घोषित भएकी छन् ।
अनिताले ताजसँगै ५० हजार रूपियाँ र विभिन्न गिफ्ट ह्याम्पर पाएकी छन् । उनले भ्यूअर च्वाईस अवार्डवापत २१ हजार रुपियाँ पनि हात पारिन् ।
फिल्म ‘सरी ल’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी अनिताले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
कार्यक्रममा अर्की नायिका अशिष्मा नकर्मीले फस्ट रनरअप बन्दै २५ हजार रुपियाँ र सपना अधिकारीले सेकेण्ड रनरअप बन्दै ११ हजार पोल्टामा पारेकी छन् ।

प्रतिक्रिया