गाउँलेको प्रस्तुती ‘खुला नेता मुक्त क्षेत्र’

Kamal-Gaunleकाठमाडौं । लामो समयदेखि हाँस्यब्यङ्ग्य कलाकारिता क्षेत्रमा काम गर्दै आएका कलाकार कमल गाउँलेको यस पटक पनि गाई जात्रा सम्बन्धि प्रस्तुती बजारमा ल्याएका छन् ।
गाई जात्राको अवसर पारेर गाउँलेले आफ्नो १३ औं गाई जात्राको एल्वम ‘खुला नेता मुक्त क्षेत्र’ हाहाकार भाग–२ बजारमा ल्याएका हुन् ।
२०७० सालको गाईजात्रालाई ध्यान दिएर गाउँलेले ल्याएको एल्बमलाई ‘बुढा सुब्बा म्युजिक’ले बजार प्रबद्र्धन गरेको छ ।
हाँस्यव्यङ्ग्य क्षेत्रमा राम्रो पहिचान बनाएका गाउँलेले ‘खुला नेता मुक्त क्षेत्र’ हाहाकार भाग–२ एल्वममा राम्रा प्रस्तुती राखेका छन् ।
एल्वममा सम्वाद तथा प्यारोडी गीतहरुसमेत ९ वटा सामाग्री समावेश छन् । एल्वम छिट्टै ल्याईने बुडा सुब्बा म्युजिकले जनाएको छ ।
गीतहरुमा चर्चित लोक तथा दोहरी गायक पशुपति शर्मा, रमेशराज भट्टराई, डीबी कालिज, कृष्ण रेउले लगायतले स्वर दिएका छन् ।

प्रतिक्रिया