‘त्यो मलाई थाहा हुने कुरा भएन’

Gyanendra-Shaha-Rajaधनगढी, १७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषले बाढी पीडितका लागि उपलब्ध गराएको राहत स्थानीय प्रशासनसँग समन्वय गरेर लिन आग्रह गरेका छन् ।
निर्वाचन आचार संहिताका कारण हिमानी कोषले सबै राहतका सामाग्री स्थानीय कार्यालयमा बुझाई सकेको बताए ।
विभिन्न राजनीतिक दल र सरकारले निर्वाचन आचार संहिता कार्यान्वयन भएको भन्दै वितरणमा रोक लगाए पछि हिमानी कोषले राहत स्थानीय प्रशासनलाई वितरणका लागि उपलब्ध गराएको हो ।
उद्योग वाणिज्य संघ कैलालीले बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा राहत नपाएको गुनासो आएपछि पूर्व राजा शाहले बाढी पीडितहरुलाई सम्बन्धित स्थानीय निकायमा सम्पर्क गर्न भनेका हुन् ।
‘स्थानीय प्रशासनले क–कसलाई राहत दियो । त्यो मलाई थाहा हुने कुरा भएन,’ पूर्व राजा शाहले भने, ‘उतै सम्पर्क गर्नुहोला ।’
यसैबीच, स–परिवार दश दिने सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वराजा शाहलाई संघले स्वागत समेत गरेको छ ।
दार्चुला, कैलाली र कञ्चनपुर जिल्लामा हिमानी कोष मार्फत राहत वितरण गर्न पूर्व राजपरिवार सुदूरपश्चिमाञ्चल आएका थिए ।

प्रतिक्रिया