विश्वकप क्रिकेटको तालिका सार्वजनिक

cricketअष्ट्रेलिया । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका अनुसार समूह ‘ए’ मा आयोजक अष्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड र श्रीलंकाका साथै बंगलादेश र दुई क्वालिफायर टिम सहभागी हुनेछन् ।

समूह ‘बी’मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, जिम्बाब्वे, आयरल्याण्डसहित एटा क्वालिफारयर टिम रहने छ । खेल तालिका अनुसार आगामी फेबु्रवरी १४ तारिखबाट सुरु हुने पहिलो खेल न्युजिल्याण्डको क्राइस्टचर्चमा हुनेछ ।

पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका भिड्ने छन् भने सोही दिन अष्ट्रेलियाको मेलवर्नमा हुने दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्ड आमुने–सामुने हुनेछन् ।

साविक विजेता भारतले भने पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । ४४ दिनसम्म हुने विश्वकपको फाइनल खेल २९ मार्चमा मेलवर्नमा हुनेछ ।

सन् १९९२ पछि अष्ट्रेलिया र न्युजिल्याण्डले पहिलोपटक ब्विश्वकपको आयोजना गर्न लागेका हुन् । एजेन्सी

प्रतिक्रिया