रेग्मीद्वारा आन्दोलन स्थागित गर्न आग्रह

Khilraj-Regmi'sकाठमाडौं, १४ असार । सुर्खेतको काँक्रेविहार घटनालाई लिएर शुरु गरिएको दोश्रो चरणको आन्दोलनस्थगित गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आग्रह गरेका छन् ।
दोश्रो चरणको आन्दोलन शुरु गरेका सरोकार समूहलाई आज (सोमबार) सिंहदरबारमा भेट गरी अध्यक्ष रेग्मीले आन्दोलन स्थगित गर्न अनुरोध गरेका हुन् ।
काँक्रेविहार घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका उनले सो विषयमा मन्त्रिपरिषद्मा छलफल गर्ने बताए । ‘म मन्त्रिपरिषद् बैठकमा छलफल गर्नेछु,’ उनले भने, ‘आन्दोलन स्थगित गर्नुहोस ।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालको नेतृत्वमा काँक्रेविहार सरोकार समिति र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी तथा गृहमन्त्री माधव घिमिरेबीच घटनाका विषयमा कुराकानी भएको थियो । रेग्मीले धार्मिक संहिष्णुता बनाई राख्ने दायित्व सबै नेपाली नागरिकको रहेको पनि उल्लेख गरे ।
सरकारले धार्मिक सहिष्णुता विथोल्न खोजेको भन्दै सरोकार समितिले साउन–७ गतेदेखि १२ गतेसम्म आन्दोलनका कार्यक्रम सार्बजनिक गरिसकेका छन् ।

प्रतिक्रिया