निर्माण सामग्री व्यवसायी पनि आन्दोलित

काठमाडौं, १३ साउन । ढुवानी भाडासहितको भ्याट विल माग गरेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरुले माग पुरा गर्न दवाव दिएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका निर्माण सामाग्री ब्यवसायिल आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरुले अघि सारेका माग पुरा नभए देशै भरि निर्माण सामग्रीको विक्री वितरण ठप्प पार्ने चेतावनी दिएका हुन् ।
सिमेण्ट उत्पादक संघ र नेपाल स्टील रोलिङ मिल एशोसिएसनसँग भाडासहितको भ्याट बिल माग गर्दै आएका छन् । सो विषयमा पटक–पटक वार्ता भएपनि माग सम्बोधन नभएको उनीहरुको भनाई छ ।
नेपाल निर्माण सामग्री व्यापार महासंघ, नेपाल निर्माण व्यापार संघ काठमाडौं, पशुपति निर्माण सामग्री व्यापार संघ काठमाडौं, भक्तपुर निर्माण सामाग्री व्यापार संघ र ललितपुर निर्माण सामग्री व्यापार संघले साउन–४ देखि १३ गतेसम्म पहिलो चरणको आन्दोलन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया