बहिनी परिणीतिलाई गीतको शोख

Parineeti-Chopra 5मुम्बई । परिणीति चोपडाले आफ्नी दिदी प्रियंका चोपडासँग अभिनयको ज्ञान लिएकी छन् । उनले अब गायन क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाउन चाहन्छिन् ।
परिणीतिलाई गीत गाउने शोख बढेर आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । परिणीतिले शास्त्रीय संगीतको तालिम पनि लिएकी छन् ।
परिणीति आगरा घरानकी पम्परागत शास्त्रीय गायिका हुन् । परिणीतिले क्लासिकल म्यूजिकमा बीए पनि गरेकी छन् । परिणीतिले शास्त्रीय संगीतका साथै गजल र पप गीत पनि गाउन सक्ने क्षमता राख्छिन् ।
परिणीतिले गीत गाउनुका साथै शब्द र संगीतमा पनि उत्तिकै ज्ञान राख्ने समाचारमा जनाईएको छ ।

प्रतिक्रिया