ठूला वमपन्थी दलहरुले बदनाम गरे : कट्टेल

भक्तपुर, १३ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एकीकृत माओवादीसहितका कथित ठूला वामपन्थी दलहरुले कम्युनिष्टलाई बदनाम गरेको आक्षेप लगाएका छन् ।
भक्तपुरमा आज (आइतबार) आयोजित कार्यक्रममा कट्टेलले समयमा सबै दलहरुले विचार नपुर्‍याए मुलुक केही समय पछि बहुआयमिक द्वन्द्वमा जाने बताए ।
उनले विदेशी हस्तक्षेपले सीमा नाघेकाले नै नेपालका ठूला दलहरु विदेशीको अगाडि नतमस्तक हुनु परेको दाबी गरे ।
‘एकीकृत माओवादी, एमाले, नेकपा–माओवादी जस्ता दलहरुले कम्युनिष्ट शक्तिहरुको बदनाम गरेका छन्,’ उनले भने, ‘अबको निर्वाचनमा उनीहरु हैसीयत जनताले प्रष्ट पार्ने छन् ।’
उनले चार राजनीतिक शक्तिको कुनै हैसियत नभएकाले मुलुक समस्या समाधानमा असफल भएको बताए ।

प्रतिक्रिया