पाकिस्तान विजयी

Pak Weवेष्ट इण्डिज ।  घरेलु टोली वेष्ट इण्डिजबिरुद्धको पहिलो टि–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । किङ्गस टाउनमा मा भ्रमणकारी टोली पाकिस्तानले वेष्ट इण्डिजलाई २ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ७ विकेटको नोक्सानीमा १ सय ५२ रन जोड्यो । काइरन पोलार्डले अविजित ४९ रन बनाए भने ३ विकेट पाकिस्तानका जुल्फिकर बाबरले लिए ।

जवाफमा १ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले आठ विकेटको नोक्सानिमा जित हासिल ग-यो । विजेता टोलीका उमर आमिनले ४७ तथा शाहिद अफ्रिदीले ४६ रन बनाए । वेष्ट इण्डिजका सेनन गाब्रियलले ३ विकेट लिए ।

जितपछि २ खेलको श्रृंखलामा पाकिस्तानले वेष्ट इण्डिजबिरुद्ध १-० को अग्रता बनाएको छ । यसअघि सम्पन्न ५ खेलको एक दिवसिय श्रृंखलामा वेष्ट इण्डिजलाई ३-१ ले हराउँदै पाकिस्तानले उपाधिमा कब्जा जमाएको थियो । एजेन्सी

 

प्रतिक्रिया