भक्तपुरमा साढे चारहजार कुखुरा नष्ट

Birdfluभक्तपुर, १२ साउन । कुखुरा पालन व्यवसायमा अग्रणी स्थानमा रहेको भक्तपुरमा पुन: तेस्रो पटक बर्डफ्लु देखापरे पछि साढे चारहजार कुखुरा नष्ट गरिएको छ ।
साउन–८ गते एक्कासि कुखुरा मर्न थाले पछि व्यवसायीले नमूना परीक्षणका लागि पठाएका कुखुरामा वर्डफ्लुका जिवाणु देखिएका हुन् । जिवाणु देखिए पछि आजै (शनिवार) कुखुरा नष्ट गरिएका छन् ।
भक्तपुरको सिपाडोल–९ स्थित हिमाल पोल्ट्री बिर्डिङ्ग फर्ममा पालेका कुखुरामा बर्डफ्लु भेटिएका हुन् । फर्ममा रहेका चार हजार पाँचसय कुखुरा नष्ट गरिएको हो ।
कार्यालयका प्राविधिक डा.रामपरीक्षण शाहले फर्ममा रहेका ४५ सय कुखुरा, सात हजार ८ सय ५० अण्डा र २७ सय किलो दानासमेत नष्ट गरिएको बताए ।
हिमाल पोल्ट्री फार्ममा पालेको ९ हजार पाँच सय कुखुरामा बर्डफ्लु फेला परेको शुक्रवार पुष्टि भएको थियो ।
प्रयोगशालाले शुक्रवार साँझ मात्र बर्डफ्लु भएको पुष्टि गरेपछि प्राविधिक, श्रमिक र औषधिको अभावले गर्दा शनिवार बिहान मात्र कुखुरा मार्ने निर्णय गरेको हो ।
फर्मममा छ महिनासम्म कुखुरा पाल्न रोक लगाइएको कार्यालयले जनाएको छ । यस अघि भक्तपुरमा मनोहरा र बोडेमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको कार्यालयले जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया