सलमान प्रेमीकासँग पिकनिकमा

Salman khanमुम्बई । बलीउड नायक सलमान खानले आफ्नी गर्ल फ्रेण्ड लूलिया वेंचूरका साथ पिकनिकमा देखापरेका छन् ।
आफ्नो निजी जिन्दगीलाई सञ्चारमाध्यममा ल्याउन नरुचाउने सलमानले पिकनिकमा सहभागी आफ्नो तस्विर ‘क्लब बीइंग हरयूमन’को ट्वीटर एकाउण्टमा राखिएको छ । तस्वीरमा सलमान सामान्य कपडामा देखिएका छन् ।
तस्वीर मुम्बई भन्दा बाहिरको एक फॉर्म हाउसको रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तस्वीरमा उनकी नयाँ प्रेमिका लूलिया वेंचूर पनि देखिएकी छन् । सञ्चारमाध्यमहरुले सलमानकी प्रेमीकाको उपमा दिए पनि सलमानले लूलियालाई आफ्नो अशल साथी भनेर टिप्पणी गरेका छन् ।
हाल लूलिया सलमानकी बहिनीसँग बस्दै आएकी छन् । सलमानले उनलाई छिट्टै घर बनाई दिने समाचारमा जनाईएको छ ।

प्रतिक्रिया