छ विद्यालय विजयी

footballकाठमाडौं । कोका–कोला अन्तर बिद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता–२०७० अन्तर्गत छात्र तर्फको छनौट चरणको खेल एडीफाई स्कुल विजयी भएको छ ।
काठमाडौंको सानोगौचरण खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एडीफाई स्कुलले के.एन.सी.एम. स्कुललाई ट्राईब्रेकरमा २–३ गोलले पराजित गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमका तर्फबाट १–१ गोल गरेका थिए ।
एडीफाईका लागि विवेक चौधरी तथा के.एन.सी.एम. का लागि डेबिट लिम्बूले गोल गरेका हुन् ।
दोश्रो खेलमा हिमचुली एकेडेमीले निलबाराही उच्च माविलाई ५–० गोलले पराजित गरेको छ । हिमचुलीका लागि विकास पुन मगरले ६, अचल खत्रीले २४ र ४०, अनम श्रेष्ठले ५७, सन्जु बादेले ६९ औं मिनेटमा गोल गरेका थिए ।
तेश्रो खेलमा जीवनतारा एकेडेमीले भृकुटी एकेडेमीलाई २–० गोलले पराजित गरेको छ । जीवनताराका लागि रोहित खड्का र सुनिल तामाङ्गले २१ र ४७ औं मिनेटमा गोल गरेका थिए ।
चौथो खेलमा सगरमाथा स्कुलले विद्याव्यायम स्कुललाई ३–१ गोलले पराजित गरेको छ । विद्याव्यायामका लागि विकेश ताम्राकारले १३, प्रमोद तिमल्सिनाले २३, अनुप थापाले ४४ मिनेटमा गोल गरेका थिए भने विद्याव्यायामका लागि अर्जुन श्रेष्ठले ६७ औं मिनेटमा गोल गरेका थिए ।
पाचौ खेलमा चाहाना ईन्टरनेश्नल एकेडेमीले आइडियल स्कुललाई ४–१ गोलले पराजित गरेको छ । चाहानाका लागि नरेश खुन्नाले १८, ४५ र ५७ मिनेटमा, सन्तोष गोराथोकीले ५० मिनेटमा तथा आईडियलका लागि प्रफुल्ल केसीले ५२ औं मिनेटमा गोल गरेका थिए ।
छैटौ खेलमा गान्धी आदर्श उच्च माविले गुहेश्वरी उमाविलाई ४–० गोलले पराजित गरेको छ । गान्धीका लागि रोहन माझीले ३४, मनीष पौडेलले ४६, ५६ तथा दावा लामाले ५५ औं मिनेटमा गोल गरेका थिए । (फाईल तस्विर)

प्रतिक्रिया