तिनाउँ नदीमा दुई किशोरी बेपत्ता

रुपन्देही, १० साउन । रुपन्देहीस्थित तिनाउँ नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा मोतीपुर निवासी १८ वर्षीया दीपा पुन र १७ वर्षीया गीता पौडेल रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवल नजिकै डाइभरटोलबाट घर जाने क्रममा उनीहरुलाई बुधबार साँझ डिङगरकुवा नजिकबाट तिनाउँ नदीले बगाएको हो । उनीहरुको खोजी कार्य जारी छ ।

प्रतिक्रिया