बुबाको भ्रमण मिलाउन छोरा भारत

Sunil-Bd-Thapaकाठमाडौं, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापा भारत प्रस्थान गरेका छन् ।
भारतीय नेताहरु र उच्च अधिकारीसँगको भेटका लागि केन्द्रीय सदस्य थापा आज (सोमबार) नयाँ दिल्ली प्रस्थान गरेको स्रोतले जनाएको छ । उनले भारतीय नेताहरुसँगको भेटका लागि समय समेत मिलाई सकेका छन् ।
स्रोतका अनुसार केन्द्रीय सदस्य थापाले आफ्ना बाबु एवं राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाको भारत भ्रमणको परिपाटी मिलाउन गएका हुन् ।
अध्यक्ष थापा छिट्टै भारत भ्रमणका लागि नयाँ दिल्ली जाने बताईएको छ ।

प्रतिक्रिया