अर्थमन्त्री कोइराला र जोन्सबीच भेटवार्ता

Shankar-Koiralaकाठमाडौं, ७ साउन । संयुक्त राष्ट्रसंघका नेपाल संयोजक टेरेन्स डी जोन्सले समयमै पूर्ण बजेट ल्याएकोमा सरकारलाई बधाई दिएका छन् ।
सिंहदरबारमा आज (सोमबार) अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेट गरी संयोजक जोन्सले बजेटपछि दातृ निकायका काम सन्तोषजनक ढंगमा अघि बढेको बताए । उनले यसअघि खस्किएको आर्थिक अवस्था सुदृढ भएको भन्दै सन्तुष्टि प्रकट गरे ।
उनले वैदेशिक नीति समयमै ल्याएर दातृ निकायलाई प्रोत्साहित गर्न आग्रह गरे । सन् २०२२ सम्म अल्पविकसितबाट विकासशिल राष्ट्रको सूचिमा सूचिकृत हुन निर्यातमा लगानी बढाउन जोन्सलेसल्लाह दिए ।
अर्थमन्त्री कोइरालाले राष्ट्रसंघ, छिमेकी मित्र राष्ट्रदेखि युरोपेली मुलुकसम्मले चुनावका लागि व्यक्त गरेको सद्भावले समयमै चुनाव हुने विश्वास व्यक्त गरे ।
‘समयमै बजेट आएपनि त्यसको कार्यान्वयन पक्ष चुनौतिपूर्ण छ,’ कोइरालाले भने ।

प्रतिक्रिया