पाथीभराका धर्मशालामा संरक्षणको अभाव

Dharamshala-Taplejungताप्तलेजुङ, ६ साउन । ताप्लेजुङ्ग जिल्लास्थित प्रशिद्ध धार्मिक स्थल पाथीभरा देवीको मन्दिर आसपासका धर्मशालाहरु जिर्ण बन्दै गएका छन् ।
धर्मशाला जिर्ण बनेपनि स्थानीय प्रशासन र जिल्ला विकास समितिलगायत सरोकारवालाहरुको ध्यान नपुग्दा बनेका संरचना ध्वस्त हुँदै छन् । स्थानीयले पनि धर्मशाला संरक्षणका लागि खासै ध्यान दिएका छैनन् ।
२०६८ साल असोज–१ गते आएको भूकम्पले धर्मशालाहरु भत्काएको थियो । बर्षा पछि पानीले पनि धर्मशाला भत्काउने क्रम जारी राखेको स्थानीयको भनाई छ ।
धर्मशाला पुन:निर्माण समयमा हुन नसके सबै संरचना ध्वस्त हुने चिन्ताले स्थानीयलाई सताएको छ । पाथीभरा देवीको मन्दिरमा सधैंजसो उल्लेख्य भक्तजनको उपस्थिति रहने गर्छ ।

धर्मशालाको जिर्णोद्धार समयमा हुन नसके भक्तालुहरुलाई भाथीभरामा बसोबासका लागि समस्या पर्ने छ ।

प्रतिक्रिया