पाकिस्तान र वेष्ट इन्डिजको खेल बराबरीमा

P n Wसेन्ट लुसिया । पाकिस्तान र वेष्ट इन्डिजबीचको तेस्रो एक दिवसीय खेल बराबरीमा सकिएको छ । सेन्ट लुसियामा भएको खेलमा पाकिस्तानले बनाएको २ सय २९ रन पछ्याएको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा समान स्कोर खडा गरेपछि खेल टाइ भएको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा २ सय २९ रन बनायो । कप्तान मिसबाह उलहकले ७५ रन जोडेको इनिङमा उमर अक्मलले ३१ बलमा अविजित रहँदै ४० रनको योगदान दिए । वेष्ट इन्डिजका जासन होल्डर र दवाने ब्राभोले समान २–२ विकेट लिए ।

जवाफमा वेष्ट इन्डिजले पनि समान रन जोड्ने क्रममा लेन्ड सिमोन्सले पनि सर्वाधिक ७५ रन नै बनाए । जुनैद खान र सईद अग्मालले ३–३ विकेट लिए । टाई भएको खेलमा बराबरी रन जोडेका उलहक र सिमोन्स संयुक्तरुपमा म्यान अफ द म्याच भए ।

तेस्रो खेल बराबरी भएसँगै पाँच एक दिवसीय श्रृंखला पनि रोमाञ्चक मोडमा पुगेको छ । यसअघिका खेलमा दुवै टिमले एक–एक खेल जितेका छन् । एजेन्सी

प्रतिक्रिया