सातबर्षका छोरा बचाई दिन आग्रह

Raju Sahaउदयपुर, ५ साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३, डिएमगेटका रिक्सा चालक श्रीप्रसाद साहका ७ बर्षीय छोरा राजु साहको ‘मिर्गौला’ले काम गर्न छाडेपछि आफन्तले सहयोगको अपील गरेका छन् ।
परिवारले छोरालाई उपचारका लागि सहयोग गर्न आग्रह गरेका हुन् । गत असार–८ गते जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि गएका राजुलाई चिकित्सकले ‘मिर्गौला’ले काम गर्न छाडेको जानकारी दिएका थिए ।
राजुको उपचारका लागि झण्डै ८ लाख रुपियाँ लाग्ने बाबु श्रीप्रसादले बताए ।
राजुको शरीर पछिल्लो समय अत्याधिक रुपमा सुन्निदै आएको छ । उनको अनुहार र पेट समेत सुन्निएको छ ।
भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा राजुको उपचारका क्रममा डेढ लाख रुपियाँ खर्च भईसकेको छ ।
राजुले त्रियुगा उच्च मावि गाईघाटमा कक्षा तीनमा अध्यरत छन् । उनका बाबुले रिक्सा चलाएरै ८ जनाको परिवार धान्दै आएका छन् । सौर्य

प्रतिक्रिया