प्रधानसेनापति जबरा चीन प्रस्थान

Gaurab Shamsher jabaraकाठमाडौं, ४ साउन । प्रधानसेनापति गौरव शम्शेर जबरा चीन भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेका छन् ।
चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जर्नल स्टाफ जर्नल फङ फेङगुईको औपचारिक निमन्त्रणामा जबरा आज (शुक्रबार) चीनतर्फ प्रस्थान गरेको सैनिक जनम्पसर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणमा युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाण्डे, मेडिकल रथीबृन्द प्राविधिक सहायक रथी डा. बच्चुराम केसी, स्टाफ अधिकृत र प्रधानसेनापतिका पाश्र्वबती समाबेश छन् ।
नेपाल र चीनबीच सदियौ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिंदै सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भए पश्चात दुई देशबीच राजनीतिक तथा सैनिक नेतृत्वहरुको भ्रमणहरुले निरन्तरता पाईरहेको छ ।
प्रधानसेनापति जबराको अनुपस्थितीमा बलाध्यक्ष रथी नेत्रबहादुर थापाले कायम मुकायम प्रधानसेनापतिको कार्य सम्हाल्ने छन् ।

प्रतिक्रिया