गैरकानुनी रुपमा २४ चिनियाँ

chinaसुनसरी । सुनसरीको नर्सिङ गाउँ विकास समितिमा सञ्चालित सि–म्याक्स फुड प्रालिमा गैरकानुनी रुपमा २४ चिनियाँ नागरिक कार्यरत रहेको पाइएको छ । वर्किङ भिषा नलिएका उनीहरुले उक्त कम्पनीमा काम गरेको बताइएको छ ।
तीन वर्ष अगाडि चिनियाँ नागरिक वाङ क्यु हुआले ३ करोडको लगानीमा सञ्चालन गरेको सि–म्याक्स फुड प्रालिमा १ सय ४० कामदार रहेकोमा २४ जना चिनियाँ नागरिक फेला परेका हुन् । फुड प्रालिले रागाको मासु प्रशोधन गरी चीनमा निर्यात गर्दै आएको छ । कम्पनीले दैनिक १ सय २० रागाको १५ हजार किलो मासु प्रशोधन गर्ने गरेको छ ।

प्रतिक्रिया