एनआरएनएको उपाध्यक्षमा कार्की

TB-Karkiकाठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) का सचिव टीबी कार्कीले आगामी महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
राजधानीमा बिहीबार घोषणासभामा कार्कीले १७ बुंदे प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका हुन् । एनआरएनएको छैंटौ विश्व सम्मेलन आगामी अक्टोबर १९ देखि २२ तारिखसम्म काठमाडौंमा हुंदैछ ।
नेपालमा एनआरएनको विधिवत दर्ताको सुनिश्चितता, देशमै एनआरएनको सुविधा सम्पन्न सचिवालय भवन निर्माण, १० हजार भन्दा बढी नेपाली बसोबास रहेको राष्ट्रमा महावाणिज्य दूतावास तथा दूतावासको स्थापना, एकपटकको नेपाली सधैंको नेपाली सुनिश्चत गराउन नागरिकताको निरन्तरताको अभियान चलाउने कार्कीको चुनावी एजेण्डा छ ।
एनआरएन वैदेशिक रोजगार टाक्स फोर्सका अध्यक्ष समेत रहेका कार्कीले आफ्नो कार्यकाल निकै सफल भएको दाबी समेत गरे ।

प्रतिक्रिया