जथाभावी नबोल्न श्रद्धालाई पत्र

Shradda Kapoorमुम्बई । ‘आशिकी–२’ सुपरहिट भए पछि खुबै चर्चामा रहेकी श्रद्धा कपुरका विवादास्पद अभिब्यक्तिका कारण बलिउड चिन्तामा परेको छ ।
‘आशिकी–२’ सँगै रातारात हिट भएकी श्रद्धाले ठूला विभिन्न स्टारसँग नाम जोडेर फिल्म अस्वीकार गरेका अभिब्यक्ति दिए पछि बलिउडको टाउको दु:खाई भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।
पछिल्लो समय श्रद्धाको अभिव्यक्तिबाट रुष्ट बनेका ‘वेलकम–२’ का निर्माता फिरोज नाडियावालले श्रद्धा कपुर बलिउडका दश नायिकामा नपर्ने र धेरै झूठ बोल्न नहुँने टिप्पणी गरेका छन् । ‘वेलकम–२’ सँग नाम जोडेर श्रद्धाले जोन अब्राहमकी जोडीका रुपमा नायिका हुन आफूले अस्वीकार गरेको अभिव्यक्ति दिए पछि निर्देशक फिरोज आक्रोशित भएका हुन् ।
फिरोजले आफू र आफ्नो फिल्मसँग जोडर कुनै पनि झूठ अभिव्यक्ति नदिन शक्ति कपुर र श्रद्धा कुपरको कम्पनीलाई सचेत पत्र समेत पठाई सकेका छन् ।
‘साफ शब्दमा भन्ने हो भने यो खबर दिमाग विग्रेकाले भन्ने विषय हो,’ फिरोजले भनेका छन्, ‘श्रद्धाले ‘वेलकम–२’का सम्बन्धमा दिएका अभिव्यक्ति अफवाह हुन् । मैले श्रद्धालाई कुनै अफर दिएको छैन ।’
फिरोजले खटिया पब्लिसिटी हासिल गर्न श्रद्धाले यो तरिका अपनाएको आरोप लगाएका छन् ।
श्रद्धाले यस अघि अभिषेक बच्चनसँग खेल्न अस्वीकार गरेको अभिव्यक्ति समेत दिईसकेकी छन् । एजेन्सी

प्रतिक्रिया